पौष ११ गते,विराटनगर – राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस (कोभिड-१९)संक्रमणका कारण कक्षा १२ को परीक्षा दिन बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा बोर्डले यहि पुस १६ गते देखि २३ गते सम्म छुटेका परिक्षार्थाीहरुका लागि परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धित विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।
परिक्षा दिन छुटेका हरुका लागि यसपटकको परीक्षा नै अन्तिम परिक्षा हुनेछ । यस पटकको परिक्षामा सहभागी नभए परिक्षार्थीले आगामी परिक्षा दिन अकोै बर्ष कुर्नुपर्ने हुन्छ ।
Comments