पौष ११ गते,विराटनगर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा १६५ ओटै निर्वाचन क्षेत्रमा आगामी पुष १३ गते विरोध प्रदर्शनमा सहभागि हुन आह्वान गरेको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवाले आज शनिबार प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्धमा आव्हान गरिएको विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गर्नुभएको हो ।
यही पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानमन्त्री ओलीको यस कदमको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।
Comments