झापामा सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने तीन जना कर्मचारी पक्राउ ।

पौष १३ गते,झापा –  नागरिकतासम्बन्धी सफ्टवेयरको गलत रुपमा प्रयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिना रहेका छन् ।

Sushmita Shah_Abadainik

उनीहरुले साविक जुरोपानी–८, हाल गौरादह नगरपालिका–७ स्थायी ठेगाना देखाएर अमृत राईलाई ०४–०६–७७–००५९१ नम्बरको नागरिकता, दीपिका राईलाई ०४–०६–७७–००५९२ नम्बरको नागरिकता र विशाल राईलाई ०४–०६–७७–००५९३ नम्बरको नागरिकता वितरण गरेको पाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रशासन कार्यालय गौरीगञ्जमा उक्त नागरिकतासम्बन्धी कुनै पनि अभिलेख नरहेको र नागरिकतासम्बन्धी सफ्टवेयरको प्रयोग गरी नागरिकता कीर्ते गरेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

उल्लेखित नागरिकतामा ठेगाना समेत किर्ते गरि कार्यालयको सफ्टवेयर प्रयोग गरी बाहिरी व्याक्तिलाई नागरिकता वितरण गरेको र पुनः उक्त विवरण ‘इडिट’ ९सच्याएर० गरी सोही नम्बरका नागरिकता अन्य व्यक्तिलाई वितरण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आरोपित तीनैजनालाई शनिबार पक्राउ गरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुर मुद्दामा दिन पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयल झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *