रसियाद्वारा उपलब्ध हुने कोरोना विरुद्धको खोप प्राप्त गर्ने देशहरुमा नेपाल प्राथमिकतामा ।

पौष १३ गते,विराटनगर – सोमबार नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी र नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोव बीच शिष्टाचार भेट भएको छ ।

Sushmita Shah_Abadainik
राजदुत नोविकोवले त्रिपाटीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल र रसिया बीचको ऐतिहासिक मित्र सम्बन्ध सँगै वर्तमान नेपालको राजनैतिक अवस्थाबारे पनि कुराकानी भएको सचिवालय श्रोतले जनाएको छ ।

राजदूत नोविकोवले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरि कोभिड १९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । साथै रसियासँग संसारका १०८ देशले हाल खोप मागेकोमा रसियाले नेपाललाई खोप उपलब्ध गर्ने देशको छैटौँ प्रथामिकतामा राखेको जानकारी राजदूत नोविकोवले जानकारी गराएका छन् ।

भेटमा मन्त्री त्रिपाठीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ रहने विस्वास सहित कोभिड–१९ को लडाइँमा साथका लागि धन्यवाद प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *