बेलायतबाट नेपाल फर्किएका १९३ जना स्वास्थ्य मन्त्रालयको निगरानीमा ।

पौष १३ गते,विराटनगर –  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ ।

Sushmita Shah_Abadainik

ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए ।महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ ।

मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *