खाना खुवाउने अभियान अझै पनी निरन्तर राख्ने , उप सभापती प्रवीण जोशी

५३ दिन देखि निरन्तर अस्पतलामा खाना खुवाउने अभियान अझै पनी निरन्तर राख्ने नेपाल काग्रेस महानगर समिती बिराटनगर का उप सभापती प्रवीण जोशी ले बताएका छन् । अब दैनिक संग कुरा गर्दै उनले बिश्वमा फैलिएको कोभिड १९ का कारण गरीएको लकडाउनमा अस्पतालमा उपचार गराउन आउने बिरामी र बिरामीका कुरुवा हरुलाई खाना को समस्याको समाधान गर्न खाना खुवाउने कार्यलाई निरन्तरता दिने बताए ।
नोबेल अस्पतालमा हरेक दिन अहिले पनी २ सय भन्दा बढि बिरामी र बिरामीका कुरुवा आफन्त हरुलाई खनगरका कार्यबाहक सभापति अरुण न्यौपानेको संयोजनमा खाना खुवाउँदै आएका छन् । लकडाउनका कारण खाना खाने स्थानको अभाव झेलिरहेका हजारौ बिरामी र विरामीका कुरुवाहरुले राहत पाएका छन् ।

साझको समयमा नोबेल अस्पतालमा दैनिक रुपमा खाना बितरण हुने गरेको हो । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारमा आउने बिरामी र बिरामीका कुरुवाहरुलाई पंकज बर्मा,सचिव प्रकाश दाहाल ,कोषाध्यक्ष सन्तोष अधिकारी लगायतका ब्यक्तिहरु महिनौ देखि खाना खुवाउँदै आएका छन् । टाढा टाढा बाट उपचार गराउन आउने बिरामि र बिरामीका आफ्न्त हरुलाई लकडाउनका कारण दैनिक भोक टार्न यो अभियान चलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *