प्रचण्डले जनतासंग मागे माफी ।

पौष १४ गते,विराटनगर  – नेकपाका बरीष्ठ नेता पुष्पकमल दाहाल प्रचण्डले पार्टि फुटेको बताउँदै चुनाव हुन नसक्ने बताएका छन् ।

आज राजधानीमा भएको बिरोधसभालाई सम्बोधन गर्दै उनले सवै राजनैतिक दल एक भएर प्रधानमन्त्री बाट भएको गल्ती सच्याउन सवै राजनैतिक दलका नेताहरुलाइ अपील समेत गरेका छन् ।

Sushmita Shah_Abadainik
संबिधानको रक्षाको लागी सवै राजनैतिक दल, बुद्धिजीवी सवैले एकढिक्का भएर अघि जानुपर्ने बताए । केहि महिना आन्दोलनलाई निरन्तरता दिए प्रतिगामी सच्चीने उनको धारणा थियो ।

बैलगाडाको सिद्धान्त बोकेका केपीओलीले आफ्नो स्वार्थका लागी बैलगाडा चढेर बिकाश निर्माणमा हिडेको उनको जिकिर थियो । संघिय गणतन्त्र प्रधानमन्त्रीले मनदेखि नमानेर बाहिरी रुपमा गणतन्त्र बिरोधी रहेको उनको धारणा थियो ।

आफुले पार्टि एकिकरणगर्नु समेत आफुले गल्ती गरेको बताउँदै जनता संग क्षमासमेत मागेका छन् । संबिधान बिरोधी काम गरेर प्रधानमन्त्रीले आफ्नो गल्ती सच्याउन जरुरीरहेको र नसच्याए सम्म आन्दोलन निरन्तरहुने समेत बताए ।

प्रधानमानीले भन्ने गरेको लोकतन्त्र देखावटी भएको बताउँदै प्रधानमन्त्री केपीओलीले निरंकुशता लाद्ने काम प्रतिनिधीसभा बिगठनग गरेर पुष्ठी गरेको प्रचण्डको दावी थियो ।
राजनैतिक चक्रब्यूमा देश फसेको बताउँदै कुनै प्वाल राख्न नहुने बताउँदै संबिधान अनुसार सधन भित्र बाट बिकल्प खोज्ने कुरालाई प्रधानमन्त्रीले ठाडो हस्तक्षेप गरेको र बिल्कुलै संबिधानको भावना बिरुद्ध भएको दावी गरे ।
संबिधानमा हुदै नभएको नियम लाद्न खोजेर सदन भंग गर्नुभनेको प्रधानमन्त्रीले आफुले आफुलाई भंग गर्नु भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *