पौष १५ गते,विराटनगर – सुनकोशी नदीले बगाउदा एक महिलाको मृत्यु भएकोे छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ बालनमारीको ४५ बर्षीया भ्याकी राईको सुनकोशी नदीले बगाएर मृत्यु भएको छ ।
सोमवार बेलुका ५ बजेको समयमा उदयपुरको ठाना गाउँमा रहेको आफ्नो माईती घरबाट घर फर्कदै गरेकी राई सुनकोशी नदीमा पानी खाने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी थिईन् ।
उनको खोजतलास गर्ने क्रममा मंगलवार दिउँसो बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
Comments