पौष १५ गते,विराटनगर – अमेरिकाकी नव-निर्वाचित उप-राष्ट्रपति कमला ह्यारिसले कोरोना विरूद्धको खोप लगाएकी छन्।
मंगलबार उनले कोरोना विरूद्ध लगाएको खोपलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
अमेरिकामा कोरोना खोपलाई लिएर आमअमेरिकी नागरिकमा रहेको शंकालाई लाई चिर्न त्यहाँका राजनीतिज्ञहरूले प्रत्यक्ष खोप लगाउने गरेका छन् ।
ह्यारिसले मोर्डनाले बनाएको खोप लगाएकी हुन् । खोप लगाइसकेपछि कमलाले आफूलाई कतिखेर खोप लगाइसकियो भन्ने थाहा नै नभएको प्रतिक्रिया दिएकी थिइन्।
उनले भनिन्, “सबैलाई यो खोप लिन भन्छु। यो लगभग दुखाइबिनाको र सुरक्षित छ, मलाई वैज्ञानिकहरूमाथि भरोसा छ ।”
उसअघि नव-नियुक्त राष्ट्रपति जो बाइडेनले पनि कोरोना विरूद्धको खोप लगाएका थिए । उक्त दृष्यलाई पनि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
Comments