मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै ।

पौष १६ गते,विराटनगर – मन्त्रिपरिषद विस्तारविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई दायर गररिएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

Sushmita Shah_Abadainik
बुधबार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको सो रिटलाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ ।

गत पुष १३ गते संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिनिधिसभा विघटनपछि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको र सरकार कामचलाउ भइसकेको अवस्थामा संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेकाले त्यसलाई बदर गर्न रिटमा माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *