लागुऔषध सहित ४ जना पक्राउ ।

पौष १६ गते,विराटनगर –  मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।
बुधवार अपरान्ह पौने ५ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका-२ का २१ बर्षीय सुरेन्द्र बस्नेत र १७ बर्षीय अनिश अधिकारी लागुऔषध सहित पक्राउ परेका हुन् ।

निजहरुको साथबाट प्रहरीले एभील-१ एम्पुल, लुपिजेसिक- १ एम्पुल, डाईजोल्याव-१ एम्पुल र नाईट्राभेट-१०५ ट्याब्लेट बरामट गरेको छ ।
पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Sushmita Shah_Abadainik

यसैगरी झापाको भद्रपुर नगरपालिका-४ डागीवारीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार राती १० बजे भद्रपुर नगरपालिका-५ का २५ बर्षीय अर्जुन हल्दार र ३३ बर्षीय मुस्तेक शेकलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
निजहरुको साथबाट प्रहरीले लागुऔषध कोरेक्स १ बोतल र नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *