पौष १७ गते,विराटनगर – सनातन हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था पुन:स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा )ले आज काठमाडौंमा वृहत जनप्रदर्शन गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपदेखि शुरु भएको प्रदर्शन रत्नपार्क हुँदै शान्तिवाटिकामा सभा गरि सम्पन्न भएको छ ।
भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण , बेरोजगारी समस्या सामाधान लगायतका विषयमा सरकार असफल भएको भन्दै प्रदर्शनकारीहरुले राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर सरकारको विरोध गरेका थिए ।
सभामालाई राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सम्बोधन गर्ने छन् ।
Comments