पौष १९ गते,विराटनगर – पुर्वाञ्चलबासी नेपाली जनताको आयोजनामा सामाजिक संजालमा आवद्ध र देशभक्तहरुको उल्लेख्यीय सहभागितामा स्थलगत लोकप्रियता बटुलेका राजा आउ–देश बचाउ अभियान्ता पुर्वाञ्चलबासी नेपाली जनताको आयोजनामा यही पौष २२ गते बुधबार मोटरसाइकल र कार सहितको भव्य र्याली हुने भएको छ ।
देश साझा,धर्म साझा,राजा साझा, मुल नाराका साथ पुर्वाञ्चल विकास क्षेत्रमा यस अघि विभिन्न नाम गरी राजा आउ–देश बचाउ भन्दै देशबासीलाई जागृत गर्दै आएका सामाजिक संजालका अभियन्ता र सुभेच्छुक देशबासी एक ढिक्का भई र्यालीमा सहभागी हुने भएको छ ।
हाम्रो नेपाल वर्तमान विषम् परिस्थितीको सिकार बन्दै गर्दा विकल्प खोज्दै वैधिक विधीका धर्मावलम्बीहरु २०७२ र २०४७ को संशोधनात्मक संविधान चाहाने देशभक्तहरुको ऐकबद्धता सहित पुर्व क्षेत्र मात्र सिमीत नभई नेपालका ५ वटै विकास क्षेत्रका राष्ट्रप्रेमीहरु गोलबद्ध भएर (देश सवको साझा, धर्म सबको साझा, राजा– सबका साझा) भन्ने मुल नारा र राष्ट्रिय झण्डा शिरोधर गरी यो विषम् परिस्थितीको विकल्प रोज्न देशबासी सजग गराउन आगामी पुस २२ को मोटरसाइकल र कार र्याली इटहरीबाट शुरु भई विराटनगर महेन्द्रचोक सम्म पुग्ने र कोणसभामा परिणत भई विसर्जन हुने आयोजक प्रतिनिधिहरुले जानकारी दिएका छन् ।
नेपाल सरकार, राजनितीक दलगत नेतृत्व र केही बाहिरीय अदृश्य शक्तिको रिमोट पावर द्धारा हामी समग्र नेपाली दिन दहाडै खतरामा भासिँदै गइरहेको कारणले स्वतः, स्फुर्त रुपमा पुर्वाञ्चलबासी नेपाली जनता साथै देशवासी एक ढिक्का भई राष्ट्रिय झण्डा शिरोधर गरी देशको मुद्दा लिई सजग हुदैँ जुर्मुराउँदै बैकल्पिक अभियानको उद्देश्य समयको माग पुरा गर्न संयुक्त सांगठानिक अभियान्तहरु यस मोटरसाइकल तथा कार र्यालीमा सहभागी हुने कुरा निकै लोकप्रिय भईसकेको राष्ट्रप्रेमी अभियन्ता अनिल बाबा बस्नेत, भिम गौतम १ नं प्रदेशका कृष्णकुमार घिमिरे, राम पोखरेल, नवराज दाहाल लगायत अभियन्ताले जानकारी गएका छन् ।
Comments