पौष १९ गते,विराटनगर – संसद् विघटनविरुद्ध परेको रिटमा आज राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने भएको छ ।
सर्वोच्चको संवैधानिक इजलासले पुस १० गते प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयलाई सरकारका नाउँमा कारण देखाऊ आदेश जारी गरि लिखित जवाफ पेस गर्न पुस १९ गतेसम्मको म्याद दिएको थियो, जुन आज सकिँदै छ ।
उक्त आदेशमा भनिएको छ , “आदेश जारी हुननपर्ने कानुनबमोजिमको आधार र कारण भए सोसमेत साथै राखी म्याद थाम्न थमाउन नपाउने गरी मिति २०७७/९/१९ सम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूलाई यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी सूचना म्याद जारी गरी निम्न कार्य सम्पन्न गरी नियमानुसार पेस गर्नू ।”
तसर्थ विज्ञहरूसँग संवैधानिक कानुनी परामर्श सकेर राष्ट्रपति कार्यालयले आज सर्वोच्चमा लिखित जवाफ पेस गर्ने तयारी गरेको श्रोतले जनाएको छ ।
हाल प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासमा उक्त मुद्दा विचाराधीन रहेको छ । सरकारका तर्फबाट जवाफ पेश भएपछि उक्त मुद्दाको अर्को पेसी पुस २२ गते हनेछ ।
Comments