पौष १९ गते,विराटनगर – मोरङको बिराटनगर महानगरपलिका १६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय अमित लिम्बु र २७ बर्षीय हेमराज बस्नेत रहेका छन् ।
बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बा २ च ६१११ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कार भित्रबाट लागुऔषध डाईलक्स डि.सी १ गिलेन, नाईट्राभेट २४ ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट बरामद गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Comments