बेलायतमा पुनः देशव्यापी रुपमा लकडाउन घोषणा ।

पौष २१ गते,झापा, – कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतमा पुनः देशव्यापी रुपमा लकडाउनको घोषणा गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका हुन् ।
Sushmita Shah_Abadainik

उनले लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल समेत गरेका छन् । बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहनसक्ने बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको छ हामीले अझै धेरै मेहनत गर्नु पर्ने भएको छ । त्यसैले देशव्यापी लकडाउन लागु गर्नु पर्यो ।’ उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गर्दछु ।

बेलायतले कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड-एस्ट्राजेनेका लगाउन आरम्भ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *