पौष २१ गते,धरान – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-११ का १८ वर्षीय युवक रहेको प्रतिष्ठान श्रोतले जनाएको छ ।
कुनै पनि दीर्घ रोग नभएका युवकमा गत पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।
संक्रमित युवकको उपचारको क्रममा आज बिहान साढे सात बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
Comments