पृथ्वी जयन्तीको अवसरमा सेनाद्वारा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन ।

पौष २७ गते,विराटनगर – आज देशभर विभिन्न कार्यक्रम गरि २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाइदैछ ।

हरेक बर्षझै यसपालि पनि नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पृथ्वी जयन्ती मनाइँदैछ ।
Sushmita Shah_Abadainik

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा सुपुत्रका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

पृथ्वी जयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रको आयोजना समेत गरिएको छ । यसैबिच प्रधानसेनापति पूर्णचन्द्र थापा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरेका छन् ।

सोमबार बिहान ज‌ङ्गीअड्डामा परिसरमा आयोजित विशेष समारोहमाझ प्रधानसेनापति थापाले सेनाको मुख्यालय जङ्गीअड्डामा निर्माण गरिएको उक्त अध्ययन केन्द्रको उद्घाटन गरेका हुन् ।

अध्ययन केन्द्रमा पृथ्वीनारायण शाह सम्बन्धी इतिहास, सामग्री, चित्रकला तथा महत्वपूर्ण दस्तावेज राखिने जनाइएको छ । सो क्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायणको शालिकमा माल्यार्पण तथा सलामी अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *