डोनाल्ड ट्रम्प विरुद्ध सत्ता विद्रोहको महाभियोग लगाउने तयारी ।

पौष २७ गते,विराटनगर – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता विद्रोहको प्रयास गरेको भन्दै उनीमाथि महाभियोग लगाउने तयारी भएको छ ।

संसद् भवन क्पापिटलमा आक्रमण गराएर हिंसात्मक ढङ्गले नियन्त्रणमा लिन खोजेको र सत्ता विद्रोहको प्रयास गरेको भन्दै ट्रम्प विरुद्ध महाअभियोग लगाउने डेमोक्र्याटहरूको तयारी रहेको छ ।

Sushmita Shah_Abadainik

बिबिसीका अनुसार तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ ।
ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने बताइएको छ ।

ट्रम्पविरुद्धको महाभियोग प्रयाससँग जोडिएका केही प्रश्नको जवाफ राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राजनीतिक रूपमा प्रेरित भन्दै महाभियोगको सम्भावना खारेज गरेको छ ।
त्यस्तो कदमले ‘हाम्रो महान्‌ देशलाई थप विभाजित गर्न मात्र सघाउने’ ह्वाइट हाउसको भनाइ छ । प्रस्ताव ल्याइहाले पनि संसदको माथिल्लो सदन सिनेटबाट पारित हुन समय लाग्ने बताइएको छ ।

यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *