पौष २८ गते,विराटनगर – गएराति झापा, दमक– ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा अचानक आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राईृ पक्षघातका बिरामी समेत रहेका थिए ।
बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आउनुभएका उहाँको घटनास्थल मै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद रु तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जली नष्ट हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
Comments