अन्नपुर्ण केबलद्वारा आश्रमलाई सहयोग ।

बिराटनगर :-  बिराटनगरमा रहेको बिभिन्न आश्रमहरुलाई बेला मौकामा दाता हरुले सहयोग गर्दै आएका छन् ।

यसै क्रममा अन्नपुर्ण केबलले जनजाती कल्याण आश्रम बिराटनगरलाई भवन निर्माणका लागी एक लाख र अन्य प्रयोजनका लागी सहयोेग स्वरुप २५ हजार सहयोग गरेको हो ।

बिराटनगरको जनजाती कल्याण आश्रममा एक कार्यक्रम बिच अन्नपुर्ण केबलका संञ्चालक श्याम राठिले जनजाती कल्याण आश्रमका अध्यक्ष मनोजकुमार साह लाई चेक हस्तान्तरण गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *