१८ करोडको खेलामा मेयर र वडाअध्यक्ष ।

बिराटनगर:
मोरंगको रतुवामाई नगरपालिकामा अस्पताल निर्माणको बिषय बिवादित बनेको छ ।

रतुवा नगर अस्पताल निर्माणका लागि आएको १८ करोड बजेटबाट कमिसन निकाल्ने र वडा अध्यक्ष तथा मेयरले आफुले चाहेको स्थानमा अस्पताल निर्माण गर्ने अभियानमा लागेको बताउँदै स्थानियले बिरोध गर्दै आएका छन । अस्पताल निर्माण गर्नका लागि हाल रहेको अस्पताल को भवन लाई समेत प्रयोग गर्ने गरी भवन निर्माण गर्न पत्रचार गरेको भएपनी मेयर र वडा अध्यक्षको मिलेमतोमा अन्तै जग्गा खोज्दै आएको र झुरकियामा रहेको अस्ताल अन्तै सार्ने खेलामा लागेको स्थानिय सुरज श्रेष्ठले बताए ।

झुरकिया बजारमा रहेको अस्पतालमा अहिले पनी खाली रहेको जग्गा १२ कठ्ठा १७ धुर खालीनै रहेको छ । तर जग्गा अभावको बाहना बनाएर मेयर र वडा अध्यक्षले अन्त्यै लैजाने खेलमा लागेको स्थानियको दावी छ ।

त्यसो त पहिले आएका परीयोजना हरुमा स्थायीय निकायका मेयर रवीन राई र वडा अध्यक्ष देवराज राजवंशीले आफ्ना निकटको जग्गा खोजेर नयाँ ठाउँमा अस्पताल बनाउने खेलमा लागेका स्थानियको दावी छ ।

अस्पताल झुरकिया बजारमा नै रहनु पर्ने बिषयको अन्तरक्रिया कार्यक्रममा समेत मेयर र वडा अध्यक्ष उपस्थित नहुँदा स्थानिय आक्रोसित बनेका थिए भने वडा अध्यक्ष देवराज राजवंशीले भने आफुहरुलाई कार्यक्रममा निम्तो नै नदिएको बताए ।

यसरी स्थानिय निकाय र स्थानिय बिच भएको बिवादले १८ करोड बजेट अस्पताल नबनी फिर्ता जाने निस्चीत भएको छ । माघ को अन्तीम सम्म स्थानिय निकायले कहाँ अस्पताल निर्माण गर्ने भन्ने बिषयलाई निर्णय दिन नसके बजेट फिर्ता जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *