दिल्ली पब्लिक स्कुलमा भव्यताका साथ सरस्वती पूजा सपन्न ।

फागुन ४ गते,विराटनगर –  माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । यसै अवसरमा दिल्ली पब्लिक स्कुल विराटनगरमा बिद्यार्थी लगायत बिभिन्न स्थानबाट अभिभावकहरुको उपस्थितीमा पुजा,हवन,एवमं स-साना नानी बाबुहरुलाई मन्त्रोच्चारणका साथ विधिपूर्वक अक्षरारम्भ गरि सम्पन्न गरिएको छ ।

विद्यालयमा प्रत्येक दिन बिहान सरस्वती पुजन गरिने भएपनि आज बसन्त पंचमीको पावन अवसरमा बिशेष उत्सव सम्पन्न गरिएको बिद्यालय प्रशासनले बताएको छ ।

सरस्वती पुजनको शुभ साइतमा बिद्यालयमा नवआगन्तुक बिद्यार्थीहरुलाई नि शुल्क भर्ना गराइएको तथा आगामी सात दिन सम्म भर्ना गर्दा शुल्क नलाग्ने पनि प्रशासनले जनाएको छ ।

सरस्वतीपुजा फोटो फिचर :-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *