फागुन५ गते,झापा – झापा गाँउपालिका-६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङ आफैले चलाएको मोटरसाईकल अन्यन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएका छन् ।
फागुन ४ गते बेलुका ०६स ५० बजे सनम तामाङ को १३प ९०० नम्बरको मोटरसाईकल चलाई पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका-७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा अनियन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Comments