६ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ : तेह्रथुम

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा दुई दिनको अन्तरालमा गरिएको -यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ । मेन्छयायेम गाउँपालिकामा भएको आरडीटी परीक्षणका क्रममा एक युवकमा नतिजा पोजेटिभ देखिएको दुई दिन पछि थप ५ जनामा कोरोना पोजेटिभ देखिएकोमा ४ जनालाई जिल्ला अस्पताल पठाइएको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिएका छन् । शुक्रबारको परीक्षणमा एक महिना अघि काठमाडौँ गएर मेन्छ्यायेम फर्किएका युवाको कोरोना पोजेटिभ देखिएको थियो भने शनिवार गरिएको परीक्षणमा थप ५ जनाको कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले बताए ।

शनिवार गरिएको आरडीटी परीक्षणमा थप ५ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिए पछि १ युवाका बुवा र आमालाई जिल्ला अस्पताल पठाइएको गाउँपालिकाका प्रवक्ता बुढाथोकीले जानकारी दिए । अन्य दुई जना युवाहरूलाई भने मेन्छ्यायेम गाउँपालिकामा निर्माण गरिएको आईसोलेसन वार्डमा राखिएको छ ।

आरडीटी पोजेटिभ देखिएका युवाहरू स्थानीयवासी हुन् । आरडीटी पोजेटिभ देखिए पनि कोरोना सम्बन्धी कुनै लक्षण नदेखिएको जिल्ला अस्पताल तेह्रथुमले जनाएको छ । ती युवाहरूको स्वाब परीक्षणको लागि कोसी अञ्चल अस्पताल विराटनगरमा पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *