बिराटनगर। बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन्।
निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो । पछि उनी आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरी घाइते भएपछि नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
Comments