नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगे

काठमाडौं,जेठ १६
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शुक्रबार थप १७० जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, दाङ २ कपिलवस्तु ९ का रहेका छन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । यस्तै उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *