चट्याङ लागेर दुई महिलाको मृत्यु

रोल्पा- चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाकी ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेका अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुलाई रोल्पा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिए ।

रोल्पामा केही दिन अघि पनि चट्याङ लागेर दुई जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *