लागुऔषधको अवैध कारोबार संगै कोरोना संक्रमणको जोखिम : राति हुन्छ लागुऔषधको आयात

कोरोना संक्रमण रोक्नका लागी गरीएको लकडाउनलाई बेवास्ता गर्दै रातको समयमा लागुऔषध ओसारर्ने कार्य बिराटनगरको खुल्ला सिमानामा हुने गरेको छ । नेपाल भारत सिमानाका ५३ किलोमिटर खुल्ला भएका कारण र तारबार नभएकै कारण लागुऔषध प्रयोगकर्ताको माग अनुसार लागुऔषध कारोबारीले भारतको जोगबनी नाका संग जुडेको बस्ती बाट लागुऔषध नेपाल ल्याउन गरेको हो । राति १२ बजे पछिको समयमा नेपाल र भारतको सिमानामा रहेको खाल्डोमा घिस्रिएरै लागुऔषध कारोबारीहरु पारी पुग्ने र लागुऔषध बोकेर वारी आउने गरेका हुन् ।

रातिको समयमा दुवै देशका सिमो सुरक्षाकर्मीहरुलाई छलेर लागुऔषध नेपाल ल्याउने र बिक्री गर्ने गरेका हो । भारत बाट आउने लागुऔषध कुनै नौलो हैन तर लकडाउनको समयमा भारत बाट आउने उक्त लागुऔषध संगै कोरोनाको संक्रम समेत भित्रीएको हुन सक्छ । लागुऔषध पारी बाट वारी सिठिकै भरमा समेत आउने गरेको छ । तर सिमानाकामा रातिको समयमा कडाई हुन नसक्दा चुनैति बढेको छ । सुरक्षा निकायले लकडाउन लाई दिउँसोको समयमा कडाई गरेको भएपनी रातिको समयमा हुने यस्तो कारोबारले लागुऔषधको अवैध कारोबार संगै कोरोना संक्रमणको जोखिम समेत बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *