विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर– १२ की एक महिलामा संक्रमण पुष्टि भएको हो ।

काेशी अस्पतालमा परीक्षण गर्दा संक्रमण देखिएकाे अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले बताइन ।

संक्रमित ४१ वर्षिय महिला केही दिन अघि भारतबाट आएकी हुन। उनी हाेम क्वारेन्टाइनमा थिइन ।

‘भारतबाट केही दिन अघि आएकाे हाे ।’ वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले भने ‘कोशी अस्पतालमा परिक्षण गरिएकाे थियाे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *