सुनसरी । उद्योगीहरुले मुल्यवृद्धि गरेपछि उपभोक्ता मारमा परेको हार्डवेयर व्यवसायीले आरोप लगाएका छन् ।
जारी विज्ञप्तीमा भनिएको छ ‘जब जब देशमा विषम परिस्थिति सृजना हुन्छ तब उत्पादक उद्योगीहरुले पनि धमिलो पानिमा माछा मार्ने दाउमा रहेको जस्तो गतिविधिहरु गर्न खोजेको देख्दा हामी व्यवसायीहरुको मानसपटलमा चाहिँ उद्योगीहरुले मानवीय समवेदना तथा सामाजिक उत्तरदायित्व भुल्दै गएको पो हो कि ? भन्ने प्रश्न घुमिरहेको हुन्छ, जसको जवाफ आजको मितिसम्म हामीले प्राप्तगर्न सकेका छैनौँ । सरकारले पनि हामीलाई व्यवसायगर्न सहज वातावरण प्रदान गरोस ।’
लकडाउनको अवस्थामा समेत उद्योगीले एकाएक मूल्यवृद्धि गर्नु आम उपभोक्तामाथि शोषण र अन्याय गरेको हार्डवेयर संघ विराटनगरका अध्यक्ष मुकुन्द दाहाल बताउँछन । हार्डवेयर व्यवसायीको लागि सरकारले विशेष प्राथमिकता दिएर योजना तथा नीति ल्याउन जरुरी भएको व्यवसायी तारा कटुवालले बताए । लकडाउनको समयावधि भरिको घरभाड छुट गरिदिन तथा लकडाउन खुलेर व्यवसाय सञ्चालन भए पश्चात् ६० दिनकाे मात्रघर भाडा भुक्तानी दिने वातावरण निमार्ण गर्न इनरुवा हार्डवेयर संघका अध्यक्ष पहल बहादुर कटुवाल अपिल छ ।
पत्रकार सम्मेलनमा धरान हार्डवेयर संघका अध्यक्ष नबिन राजभण्डारीले घरबाहल कर, व्यवसायिक कर, सामाजिक सुरक्षा कर बुझाउने समय अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पौष मसान्त सम्म उपलब्ध गराउने तथा उक्त समय सीमा सम्म कुनै पनि हर्जाना तथा व्याज नलगाउन स्थानीय, प्रदेश तथा संघीय सरकार समक्ष माग गरेका छन
Comments