आइतबार एकैदिन थप १६६ जनामा कोरोना भाइरस ,संख्या १५६७ 

काठमाडौं । आइतबार एकैदिन थप १६६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजको प्रेस ब्रिफिङमा यसबारे पुष्टि गरेका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार आज थप १६२ जना पुरूष र ४ जना महिलामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १५६७ पुगेको छ । जसमध्ये २२० जना उपचारपछि निको भइसकेका छन् । १ हजार ३ सय ४९ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *