किन भयो आइसिपीमा बिवाद ? कारण सहित

विराटनगर :

केहि दिन अघि बिराटनगरको आइसिपीमा ट्रान्स नेपाल द्धारा निकालीएको बिवादस्पद सुचनाका कारण विराटनगर भन्सार मा तहल्का मचिएको बेला सुचना नै खारेज भएको छ ।  ट्रान्स नेपालले आईसीपीको २ वटा हल भन्सार एजेन्ट संघ लाई निशुल्क उपलब्ध गराउदा केहि भन्सार एजेन्ट लाई क्यावीन अपुग भएको थियो । सोहि अपुग क्यावीलाई पुरा गर्न भन्दै विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालको अपरेसन म्यानेजरका रूपमा कार्यरत आईसीपी प्रमुख गणेश घिमिरे ले केहि रुम हरु भाडामा लगाउने भन्दै बिना मितीको सुचना निकालेका थिए ।

इनटरमोडलले आन्तरीक ब्यावस्थ नहुँदा सम्मको लागी ट्रान्स नेपाल लाई दिएको हो भने आगामि निदमा संञ्चालनका लागी टेण्ठरको समेत आहृवान गरी सकेको छ ।

तर आइसिपीमा रहेको डिस्पेन्सरीलाई समेत भाडा लगाउने सुचना निस्किएपछि एकिकृत भन्सार जाँच चौकि आइसिपीमा खैलाबैलानै मचीएको थियो । तर अहिले उक्त सुचनालाई सुधार गर्ने भन्दै सुचना नै खारेज गरेको हो । भन्सार एजेन्ट संघले माग गरेको अन्य थप क्यावीनका लागी समेत समस्या भएको हो । भन्सार एजेन्ट संघलाई  २ वटा हल उपलब्ध गराएको थियो भने उक्त हलमा २४ वटा क्यावीन बनाएर भन्सार एजेन्ट ले उपभोग गर्दै आएका छन् ।  क्यावीन, बिद्युत , फर्निचर लगायतका सामाग्री ट्रान्स नेपालले नि:सुल्क दिएको थियो तर केहि लाई अपुग भएपछि बिवाद आएको हो ।

 

करिब एक सय ६० करोड लगानीमा निर्माण भएको बिराटनगर बुधनगरको एकीकृत भन्सार जाँच चौकी भन्सार एजेन्ट संघको केहि एजेन्ट हरुको मिलेमतो मा आफना निकटका केही एजेन्टलाई मात्र कार्यालय सञ्चालनका नाम दिएको भन्दै केहि भन्सार एजेन्ट हरुले बिरोध समेत गरेका छन् । भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण सम्पन्न भएको उक्त आइसिपी गत आर्थिक वर्षको मंसिरदेखि मात्र सञ्चालनमा आएको थियो । तर, पुरानो भन्सारको गोदामदेखि भन्सार याडसमेत भाडा पाएको ट्रान्स नेपाल नामको कम्पनीबाट आईसीपी भर्खरै सञ्चालनमा आएको हो ।

भन्सार एजेन्ट संघलाई भनेर २ वटा हल उपलब्ध गराएको थियो भने उक्त हलमा २४ वटा क्यावीन बनाएर  भन्सार एजेन्ट ले उपभोग गर्दै आएका छन् ।

विराटनगर भन्सारको आईसीपीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको इन्टरमोडलले मन्त्रालय ले ट्रान्स नेपाल लाई छ महिनाको लागी बिधिवत रुपमा आइसिपी संञ्चालनका लागी अनुमती दिएको थियो ।   भन्सार एजेन्ट संघ ले फारम हरु निकाल्न कालागी समस्या परेको भन्दै माग गरे पछि केहि कोठा हरु उपलब्ध गराएको थियो । केही दिनअघि मात्र ट्रान्स नेपालले भन्सार आईसीपीमा मिती नै उल्लेख नगरिकन डिस्पेन्सरीदेखि अफिस सञ्चालनका लागि भाडामा दिने भन्दै दुई दिनको अवधि दिएर सार्वजनिक सुचना भन्सार परिसरमा टा“स गरेपछि बिवाद सुरु भएको हो ।


त्यसोत भन्सार एजेन्ट संघ लाई उपलब्ध गराएको क्यावीन सोसल डिस्टेन्टस् मेन्टेन हुने लायको भने छैन । एउटा क्यावीनमा एक जनामात्रै बस्न लायको क्यावीन हरु भन्सार एजेन्ट संघका पदाधिकारीहरुले उपभोग गर्दै आएका छन् ।

क्यावीन, बिद्युत , फर्निचर लगायतका सामाग्री ट्रान्स नेपालले निसुल्क दिएको थियो तर केहि लाई अपुग भएपछि बिवाद आएको

प्रति क्यावीन १ जनाको हिसावले एजेन्ट हरुले काम गर्नहो भने पनी २२ जना हुने गर्छ र सोहि ठाउ“मा काम लिएर एक क्यावीन मा एक –एक जना मात्रै आउने हो भने पनी ४४ जना हुने हु“दा सामाजीक दुरी भने कायम नहुने देखिएको छ । तर ट्रान्स नेपाल ले केहि कोठा हरु भाडामा लिएर उपभो गर्न चाहाने हरुका लागी भने भाडामा दिने ब्यवस्था मिलाएको ट्रान्स नेपालका अपरेसन म्यानेजरका रूपमा कार्यरत आईसीपी प्रमुख गणेश घिमिर ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *