बिद्यार्थीको भवीश्य जोगाउन डिपिएस स्कुल बिराटनगर ले अनलाईन बाटै दिन्छ शिक्षा

विराटनगर:

बिद्यार्थी हरुको भविश्य लाई मध्यनजर गर्दै विराटनगरस्थित दिल्ली पब्लिक स्कुलले  अब नयाँ शैक्षिक सत्रका लागि अनलाइन माध्यामबाट विद्यार्थीहरुलाई अध्ययन गराउन सुरु गरेको छ भने अनलाई कक्षा लिनका लागी आवश्यक पर्ने इनटरनेट समेत टिचर हरुको घर घरमा जडान गरीदिएको छ । शिक्षालाई निरन्तरता राख्न शिक्षक हरुलाई ल्यापटपको पनि व्यवस्था गरेको हो । विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक प्रविधिको प्रयोग गर्दै डि।पि।एस स्कुल बिराटनगरले अनलाईन को माध्यम बाट शिक्षा दिइ रहेको छ ।

विद्यालयले गत वर्षको माघ महिनामा नै निट कोलकत्ता नामक संस्थासंग सफ्टवयेर विकास गरी प्रयोग गर्ने सम्झौता गरेको ले अनलाइन बाट शिक्षा दिन सहज भएको दिल्लीपब्लिक स्कुलका एकेडेमिक प्रमुख सुशान्त बानियाँले बताए । । सो संस्थाको प्राक्टिस पल्स सफ्टवयेरको प्रयोगबाट सजिलै घरबाट विद्यार्थीको सिकाईलाई मुल्याङ्कन गर्न सकिने बाँनियाले बताए ।
स्कुलले यस वर्ष नै लाइभ क्लास र फिल्म मेकिङको लागि किंग्स मोसन पिक्चरको सहकार्यमा आफ्नै भवनमा स्टुडियो पनि निर्माण गरिसकेको छ । बानियाँका अनुसार स्कुलले आकाश, किड्लेश, निको फाइनान्स, प्रभु बैक र ईस्ट्रन इन्जिनियरिङ कलेज लगायतसँग तालिमका लागि सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *