नासाका अनुसार पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको थियो। उक्त विस्फोट ३० वर्षयता त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको हो र ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भए यताको सबैभन्दा ठूलो।
तर रुसको कामचात्का प्रायद्वीपको तट पारी बेरिङ सागरमाथि विस्फोट भएको हुनाले त्यसप्रति अहिलेभन्दा अघि धेरैको ध्यान गएको थिएन।
उक्त अन्तरिक्ष चट्टान विस्फोट हुँदा त्यसबाट निस्केको उर्जा हिरोसिमा परमाणु बमबाट निस्केको भन्दा १० गुणा बढी थियो। नासाका ग्रह प्रतिरक्षा अधिकारी लिन्डले जनसनले बीबीसी न्यूजलाई भनेका छन्, यति ठूलो आकारको उल्का विस्फोट प्रत्येक १ सय वर्षमा दुई वा तीनपटक मात्र हुने अनुमान गरिन्छ।
Comments