नौ जना पाकिस्तानी मुस्लिम धर्मगुरु हरु मोरङको एक मस्जिदमा फेला

विराटनगर । लकडाउनका कारण आफ्नो देश फर्कन नपाएको नौ जना पाकिस्तानी मुस्लिम धर्मगुरु हरु मोरङको सुनबर्षी नगरपालिका – ९ डाँइनियास्थित एक मस्जिदमा फेला परेका छन् । कोरोना भाइरसको संक्रमणको हल्ला चलिरहेको बेला नै उनीहरु नेपाल आएको र एक्कासी लकडाउनको अबस्था आएपछि मस्जिद मै रहेको बताइएको छ । उनिहरु फागुनमा नेपाल आएको र मुस्लीम धर्म को प्रचारमा हिडेको प्रहरीले जनाएको छ । उनिहरु अहिले प्रहरीको सम्पर्कमा रहेको रंगेली प्रहरी का रंगेलीका प्रहरी निरिक्षक एकनाथ दाहालले बताए । उनीहरुसँगै १० जना भारतिय मुस्लिम समेत सोही मस्जिदमा रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक एकनाथ दाहालका अनुसार मस्जिदमा आएका सबैले भिषा प्रक्रिया पुरा गरेर आएको जानकारी दिए । उनले लकडाउनको अबस्था भएका कारण स्वदेश फर्कन नपाएको समेत जनाए । पाकिस्तान सरकारले समेत आफ्ना नागरिकको बिषयमा चासो नदिदाँ नेपालका धेरै मस्जिदमा मुस्लिम धर्मगुरुहरु रहेको बताइन्छ । बिशेषगरि सप्तरी, सुनसरी र मोरङको केही मस्जिदमा उनीहरु बसेका छन् । तर सुनसरी प्रसासन ले भने सवै मस्जीत हरुलाई निगरानिमा राखेको र मस्जीतमा रहेका हरुलाइृ क्वारेन्टाइनमा राखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *