रुपनी गाउंपालिकामा राहतमा अनियमित्ता

 

निखिल राउत,सप्तरी : 
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण सर्वसाधारण नागरीकलाई समस्या परे संगै राहत बितरणको कार्यले समेत तिव्रता पाएको छ । तर राहत बितरण गरेपनी स्थानिय निकायले कति राहत कसरी बितरण गर्यो भन्ने बिषय अन्योलमा परेको छ । रुपनी गाउँपालीकाले धेरै स्थानमा राहत बितरण गरेको भएपनी कति राहत बितरण गर्यो भन्ने कुनै निकायलाई थाहा दिएको छैन ।

रुपनी गाउँपालीकाले राहत बतिरणको योजना बोर्ड बाटै सार्वजनीक गर्ने योजना बनाएपनी कहाँ कसरी कती बाँड्ने भन्ने बिषय अन्योल हुने गरेको हो । राहत बितरण गर्ने योजना बनाई रहँदा योजना अनुसारको सामाग्री समेत नागरीको हातमा पर्न सकेको छैन ।
पाँच किसिमको दाल मिलाएर दिने भनिएतापनी अहिले एक किसिमको मात्र दिइरहेको छ त्यो पनी पुर्ण छैन । दाल चामल र तेल बितरणमा योजना भन्दा फरक दिने गरेको हो ।

गाउँपालीका मा सर्वदलिय राहत बितरण गर्नलाई समिति बनाए पनि अध्यक्ष हरेराम यादब एक्लै राहत बाड्न गएको देख्न सकिन्छ ।
सर्वदलिय समिति गठ्न भएर पनि अन्य दलका सदस्य भन्ने असन्तुष्ठ भएका कारण राहत बितरण प्रणालीमा समस्या उत्पन्न भएको छ । साथै राहतको रकम समेत अनियमितता भएका कारण सर्वदलिय समितीका सदस्य हरु अध्यक्ष माथि रुष्ठ बन्ने गरेको हो । चामल हापबोइल उसिना मन्सुली ए ग्रेड १५ केजी दिने भतिएपनी जनताले भने अनुसार पाएका छैन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *