विज्ञान स्यवंसेवकहरुबाट सञ्चालन भइरहेका प्रयासहरु

सम्मेलनले विज्ञान स्यवंसेवकहरुबाट सञ्चालन भइरहेका प्रयासहरुलाई वृद्धि गर्ने, हाल सञ्चालित कार्यक्रमलाई सशक्त ढंगले अगाडि बढाउँदै स्थानीयस्तरसम्म विज्ञान सम्मत सञ्चार पुर्‍याउने निष्कर्श निकालेको छ ।

मुलुकभरका युवा वैज्ञानिकहरुको भएको राष्ट्रिय इ–भेलाले महाव्याधीबाट सिर्जित समस्यासँग अभ्यस्त हुँदै नवप्रवर्तनमुखी सिर्जनाशील र सहयोगी हुने खालका कार्यहरु गर्नुपर्ने समेत निष्कर्ष निकालेको युवा वैज्ञानिक सञ्जालका संयोजक डा. दिनेश न्यौपानेले बताए ।

सम्मेलनमा युवा वैज्ञानिकहरुले गरिरहेका कार्यहरुको अनुभव आदनप्रदान,कोभिड–१९का विविध वातवरणीय अध्ययनको प्रस्तुति विषयमा केन्द्रीत भएको थियो ।

अहिले युवा वैज्ञानिक सञ्जाल देशभरका ६५ वटा जिल्ला र सातै वटै प्रदेशमा फैलिएको छ । उनीहरुले वैज्ञानिक चेतना जागउनका लागि विभिन्न विज्ञान सामग्रीहरुकै उत्पादन तथा सम्प्र्रेषण गर्ने काम गर्दै आइरहेको नाष्टका प्राडा दीनेशराज भुजुले बताए ।

सञ्जालमा २ सय भन्दा युवा वैज्ञानिक तथा विज्ञान स्वंयसेवकहरु आबद्ध छन् । यसमा अधिकांश विज्ञान विषय लिएर कलेज तथा विश्वविद्यालय तहहरुमा अध्ययनरत विद्यार्थीहरु सामेल छन् ।

सम्मेलनमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.रामकण्ठ मकाजु श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.सञ्जय शर्मा र पूर्व विज्ञान मन्त्री गणेश साहले युवा वैज्ञानिकहरुले गरेको कार्यहरुको प्रंशसा गरेका थिए । यस्तै उनीहरुले विज्ञान सम्मत सूचनालाई सशक्त बनाउन र नवप्रवर्तनात्मक विषयमा जोड दिनुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *