नेपालका भाइबर प्रयोगकर्ताले गर्ने ग्रुप कल ४ गुणाले बढे

दुई सातायता नेपालका भाइबर प्रयोगकर्ताले गर्ने ग्रुप कल ४ गुणाले बढेको भाइबरले जनाएको छ । भाइबरले विज्ञप्ती जारी गर्दै नेपालमा भाइबर कम्युनिटी प्रयोगकर्ता पनि ६६ प्रतिशतले बढेको जानकारी दिएको छ ।

लकडाउनयता भाइबरमार्फत हुने कल र म्यासेजको संख्या बढेको विज्ञप्तीमा जनाइएको छ । संसाभरका प्रयोगकर्ताले गर्ने ग्रुप कलको संख्या १ सय ३४ प्रतिशतले बढेको भाइबरले जनाएको छ । यस्तै, लकडाउन सुरु भएपछि भाइबरमा २० जनासम्मले ग्रुप अडियो कल गर्न मिल्ने सुविधा थपिएको थियो । जुन त्यसअघि ५ जनाको लागि मात्रै उपलब्ध हुन्थ्यो ।

कोरोना भाइरस रोग (कोभिड–१९) को महामारीबारे जानकारी बाँड्न विश्व स्वास्थ्य संगठन र नेपालमा स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेको भाइबरद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *