कोरोना संक्रमितसँगै बसमा आएका ६ जना सम्पर्कविहीन

पोखरा । म्याग्दीका कोरोना संक्रमितसँगै बसमा आएका २३ जना मध्ये ६ जना सम्पर्कविहीन भएका छन् ।

भैरहवाको नमुना मा.बि.को क्वारेन्टाइनमा बसेका उनीहरुलाई गण्डकी प्रदेशमा ल्याउने क्रममा म्याग्दीसम्मका लागि छुटेको म्याग्दी यातायात प्रा.लि.को बसमा आएका मध्ये ६ जना सम्पर्कविहीन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ना.५.ख २८९८ नम्बरको बसमा आएका म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि संक्रमितसँगै बसमा सवार रहेकाहरुको निर्देशनालय गण्डकीले खोजी कार्य थालेको हो ।

निर्देशनालयले बसमा आएका मध्ये पोखराका २ जना पुरानो बसपार्कमा, गोरखाका १ जना आबुंखैरेनीमा, र  लमजुङका ३ जना यात्रु डुम्रेमा ओर्लिएको जनाउदै उनीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *