कर्णाली प्रदेशमा थप ४३ जनामा संक्रमण पुष्टि

काठमाडौं : कर्णाली प्रदेशमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । गएराति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशमा एकैदिन संक्रमित भेटिएको यो अहिलेसम्मकै ठुलो संख्या हो ।

नयाँ संक्रमित मध्ये २४ जना दैलेख जिल्लाको नारायण नगरपालिका, सिमडा, सोत, सादु, जुकेपानी र दुल्ल गाउँपालिका रहेका छन् । यस्तै १७ जना जुम्लाको हिमा र सिंजा गाउँपालिकाका रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

संक्रमित मध्ये दुईजना जिल्ला प्रहरी कार्यालयका प्रहरी रहेका छन् । योसँगै कर्णालीका ६ जिल्लामा कोरोना भाइरस संक्रमितको कुल संख्या १ सय ६६ पुगेको छ । कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटमा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *