जुलुसमा प्रहरीको लाठीचार्ज

जनकपुरधाम ।नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल धनुषाले आइतवार साँझ सरकार बिरुद्ध गरेको मसाल जुलुसमा प्रहरीले लाठीचार्ज गरेकोछ ।कोरोना भाइरस रोकथाम गर्न सरकार असफल भएको आरोप लगाउँदै तरुण दलको नेतृत्वमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु सम्मिलित जुलुसले सरकार बिरोधी नाराबाजी गरेका थिए ।रामचोकबाट सुरु भएको मसाल जुलुस भानु चोकमा सभा गर्न लाग्दा प्रहरीले लाठीचार्ज गरेको सहभागिहरुले आरोप लगाएका छन् ।

लाठीचार्जबाट तरुण दलका नेताहरु विजय यादव, रमेश यादव लगायत घाइते भएको बताइएकोछ ।तर प्रहरीले टायर खोस्ने क्रममा समान्य बल प्रयोग गरिएको प्रहरीले जनाएकोछ ।

कोरोना भाइरसको संक्रमण रोक्न संघीय र प्रदेश सरकारी संवेदनशिल नभएको जनाउँदै युवाहरुले विरोध गरेका थिए ।उनीहरुले कोरोना भाइरसको नाममा व्यापक भ्रष्टाचार भइरहेको आरोपपनि लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *