राहत माग्न जाँदा कुटेर लखेट्छन् प्रदेश २ का मेयर ले

महोत्तरी । जिल्ल्लाको भंगहा नगरपालिकाका मेयर संजीव साहले आफ्ना समस्या सुनाउन जानेहरुलाई गाली गर्ने र कुटपिट गर्ने गरेको स्थानीयले बताएका छन् । राहतको लागि मेयर गुहार्न जाँदा मेयर साहका भाई बिनोद साहले कुटेर पठाएको भंगहा नगरपालिका ३ निवासी राम पृत सदा (मुसहर)ले आफ्नो दुःख पोखेका छन् ।

सदाका अनुसार पहिलो चरणको राहत वितरणमा ८ किलो चामल , तीन पाउँ दाल , १ लिटर खाने तेल, १ किलो नुन दिएको र त्यतिले उनिहरुको दैनिकी नचलेको भन्दै ५० किलो चामल, १० किलो चामल, ५ लिटरखाने तेल, ३ किलो नुन दिनु भनेर गुहार्न स्थानिय मेयरको मा पुगेका थिए ।

तर मेयरका भाई बिनोद साहले कुटेर स्थानियलाई लखेटेका थिए ।
उता तीन दिन देखि रजिया देवी सदाको छोरा र नाति मठीयानी बोर्डरमा आएर बसेको बताएका छन् । उनको छोरा नेपाल भित्रनका लागी सम्बन्धीत नगरपालिकाले आवश्यक कागजात नपठाएका कारण
घर आउन पाएका छैनन् ।

मेयर संजिव साहलाई आफ्नो छोरा र नाति बोर्डरमा फसेको छ लाइदिनुपर्ने भनेर भन्दा मेयरले ठाडो जबाब दिएर फर्काएको उनले बताइन् । ‘जसले ५० किलो चामल दिन्छ त्यहीं व्यक्तिलाई गएर भन्नु’ मेयरले भनेको कुरा उनले सुनाइन् ।

रजिया देवीका छोरा संगै भंगहा नगरपालिका–३ का अझै २० जना मठीयानी बोर्डरमा फसेका छन् । यता मेयर संजिव साहले नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताहरुले आफ्नो र आफ्नो पार्टिलाई बदनाम गर्न झुठा आरोप लगाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *