दुव्र्यवहार गरेको आरोपमा औषधी पसल बन्द गरे

बीरगञ्ज : औषधी व्यवसायीहरुलाई प्रहरीले दुव्र्यवहार गरेको आरोपमा बीरगञ्जका औषधी व्यवसायीहरुले  पसल बन्द गरेका छन् ।

पसल खोल्न जाने क्रममा प्रहरीले अनावश्यक दुख दिएको तथा दुव्यर्वहार समेत गरेको आरोप औषधी व्यवसायीहरुले लगाएका छन् ।नेपाल औषधी व्यवसायी संघ नारायणीका अध्यक्ष शनिबार दिउँसो माइस्थानचोकमा नेपाल औषधि व्यवसायी संघ पर्साका अध्यक्ष ता जुदिन अन्सारीको मोटरसाइकल प्रहरीले खोसेपछि बिरोधमा पसलहरु बन्द गरिएको हो ।

घरको सरसामान किनमेल गरेर पसल खोल्न जाने क्रममा माइस्थान चोकमा प्रहरीले आफनो मोटरसाइकल खोसेर नियन्त्रणमा लिएको अध्यक्ष अन्सारीले बताए । अन्सारीलाई वीरगंजको घण्टाघरमा प्रहरीले अभद्र व्यवहार गरेको तथा उनी चढेको मोटरसाईकल समेत नियन्त्रणमा लिएपछि व्यवसायीहरुले प्रहरी ज्यादतीको बिरोधगर्दै पसल बन्द गरेका हुन् ।

कोरोना भाइरस (कोभिड– १९) का कारण लकडाउन भएको समयदेखी नै सम्पूर्ण बजार बन्द भएपनि औषधी पसल सञ्चालनमा नै थिए ।औषधी व्यवसायीकालागि प्रशासनले छुट्टै पास समेत उपलब्ध नगराइ एशोसिएशनकै कार्डको अधारमा पसल सञ्चालन गर्न प्रशासनले स्वीकृति दिएको थियो ।

यता औषधी पसलका सन्चालक र काम गर्ने कर्मचारीलाइ घरबाट पसल सम्म जाने सहज वातावरण नभए सम्म पसलहरु बन्द नै रहने व्यवसायीहरुले अडान लिएका छन् । कोरोना माहामारीका कारण हाल वीरगंजको सम्पुर्ण औषधी क्लीनीक, अस्पतालहरुले सेवा नदिरहेको अवस्थामा औषधी पसल समेत बन्द हुँदा मर्कामा परेका विरामीहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *