दर्जनौ कर्मचारीको ६ महिना देखिको तलब नदिई अस्पताल बन्द

बिराटनगर :
बिराटनगरमा रहेको श्री अस्पताल प्रालीले आफ्ना कर्मचारीको तलब नदिइ अस्पताल बन्द गरेको छ । दर्जनौ कर्मचारीको ६ महिना देखिको तलब भत्ता नदिई अस्पताल बन्द गरेको हो । अस्पताल संञ्चालक राजेश अग्रवालले अस्पतलका धेरैजसो उपकरण हरु कर्मचारीलाई थाहानै नदिई बिक्री समेत गरी सकेको छ । अस्पतालका कर्मचारीले उपकरणहरु बिक्री गरेको थाहा पाएपछि अस्पताल बन्द भएको जानकारी पाएका थिए । तर अस्पताल संञ्चालक हरुले अस्पताल बन्द भएको सुचना बिना मितीको निकालेर तलब भने नदिने षड्यन्त्रमा लागेको कर्मचारीहरुको भनाई छ ।
बाइट ः
लामो समय देखि कर्मचारीहरुले बेतलवी काम गरीरहेको भएपनी हाल आएर अस्पताल बन्द हुँदा लकडाउनको समयमा कर्मचारीहरु मर्कामा परेको बताए । कर्मचारीहरु पुर्वको बिभिन्न स्थान हरुबाट कोठा भाडामा लिएर काम गर्न बसेको र अहिले घरमा खाने र भाडा तिर्ने बाटो नै बन्द भएको समेत बताए । उता अस्पताल प्रसासनले भने लकडाउन खुले पछि अस्पतालको उपकरण हरु बिक्री गरेर कर्मचारीहरुको तलब दिने मौकिक जानकारी गराएका छन् ।तर अफुहरुले काम गरेको तलब तत्काल दिनु पर्ने माग राख्दै कर्मचारीहरु आन्दोलीत बनेका छन् भने अस्पतलको पुर्व सेवा समेत बन्द भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *