अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

काठमाडौ । व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ । ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा शुलभ गत चैत २५ गते पक्राउ परेका थिए । कालोबजारी गरेको कसूरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो । अनुसन्धान लम्बिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासन कार्यालयले दश दिन थुनामा राख्न अनुमति दिएको बताइएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *