राजनैतिक दलका उच्चस्तरी पदका ब्यक्ति हरु आफ्नो सुरक्षाको लागी होम क्वारेन्टाइन मा बसेका बेला मोरंङमा भने नेपाल तरुण दल काकेन्द्रीय पार्सद माननिय बिन्ध्या कार्कि समाज सेवामा जुटेकि छिन् । कोरोना भाइरसको बढ्दो जोखिमको बिचमा समेत समाजीक दायीत्व लाई आत्मासाथ गर्दै बिभिन्न स्थानमा आफै पुगेर राहत बितरणमा लागी परेकी हुन् ।
दैनिक रुपमा सुरक्षामा खटेका सुरक्षा निकाय लाई माक्स, सेनिटाइजर र खाजा बोक्दै सडकमा सेवा गर्न तल्लीन नेपाल तरुण दल काकेन्द्रीय पार्सद माननिय बिन्ध्या कार्कि को यो कार्य सराहनिय रहेको छ । अस्पतालमा बिरामि कुरुवालाई खाना देखि लिएर सडकमा उभिएका सुरक्षा निकायलाई उनले लकडाउन भएदेखि दैनिक खाजा, माक्स ग्लबस् र बिरामि लाई खाना बितरण गर्नु आफुलाई पार्टिका सवै ब्याक्ति हरुले प्रेरणाले उत्साह मिलेको बताइन् ।
त्यसोत कोरोना संक्रमको भयको यो बेला आफुले आफ्नो राजनैतिक जिबन भन्दा पहिले समाज सेवा पहिलो प्राथमिकता भएको बताउँदै उनले लकडाउन भरी यसरीनै सामजीक कार्य गर्ने समेत बताईन् ।
निम्न बर्गका मानिसहरु उपचार गर्न आउने कोशि आञ्चल अस्पतालमा बिरामि कुरुवालई दैनिक खाना र खाजाको अभाव लाई पुर्ति गर्न पाउँदा आफुलाई परीवारले समेत प्रेरणा दिएको र आगामि दिनमा समेत आफु सामाजीक कार्यमा लाग्ने उहाँको प्रतिबद्धता थियो । पार्टिकै सहकार्यमा आफु समाजीकार्यमा लागी परेको बताउँदै सहयोगीहात हरु समेत आइरहेको र आगामि दिनमा यसलाई निरन्तरता दिने समेत बताइन् ।
उता दैनिक रुपमा लकडाउनलाई कडाई गर्न सडकमा खटेका सुरक्षा निकायलाई समेत यस्तो कार्यले टेवा पुगेको जिल्ला ट्राफिक प्रहरीका सहि सैलेन्द्र गच्छादारले बताए ।
आगामि दिनमा हुने लकडाउन लाई लक्षीत गर्दै लकडाउन भरी राहत बितरण गर्ने योजना मा रहेको नेपाल तरुणदल रहेका जिल्ला अध्यक्ष प्रभाकर थापाले बताए । बिरामि हरुको राहतका लागी नेपाली काँग्रेसका संगठन तरुण दलको समेत सक्रिय भुमिकामा राहतको कार्यक्रम अघि लैजान सहज भएको नेपाल तरुण दलका जिल्ला कोषाध्यक्ष अनिल रिजालले बताए ।
बिश्व कोरोनाको महामारीमा रहेको यो अवस्थामा बिभिन्न ब्यक्ति बाट पाएको प्रेरणाले समेत एउटा उर्जा दिएको पार्टिका जिम्मेवार ब्याक्तिहरुको भनाइ छ । दैनिक रुपमा भइरहेको सहयोगमा बिभिन्न जिम्मेवार पदका ब्याक्ति हरुले अफ्नो मासिक तलब भत्ता समेत सामाजीक कार्यमा लगाएर गरेको यस्तो कार्य समाजीक उतर दायित्वको कार्य सावीत भएको छ ।
सरकारमा रहेका दलका ब्याक्तिहरु घर भित्रै बसेर आफु बाँच्ने प्रयास गरीरहँदा बिपक्षमा रहेको दल नेपाली काँग्रेसका माननिय ले गरेको यो कार्य उधाहरणीय सावीत भएको छ । जस्ले गर्दा दैनिक अस्पतालको सैयामा बसेका बिरामि हरुले राहत पाएका छन् भने सडकमा निरन्तर खटिरहने सुरक्षा निकायलाई समेत सहयोग पुगेको छ ।
Comments